पार्टीको नेतृत्व छाड्दिन : क प्रचण्ड (Test)

 एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिल्यै आफूले पार्टी नेतृत्व नछाड्ने बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले निर्वाचन परिणामको विषयमा पार्टी भित्र गम्भीर छलफल गरेर अघि बढ्ने तर नेतृत्व अहिले हस्तान्तरण नहुने बताउनुभयो ।
अहिले नै आफुले तेतृत्व छाड्नु भनेको पार्टी अप्ठेरोमा पर्नु रहेको बताउँदै प्रचण्डले नेतृत्व छाड्नु भनेको त झन पार्टी डुबाउने काम हुने तर्क गर्नुभयो । नेतृत्वले संविधान निर्माण, संघीयता, जनाअधिकारका विषयमा केन्द्रीत रहने तर नेतृत्व परिवर्तन नगर्ने उहाँले बताउनुभयो ।
पार्टी अप्ठ्यारो अवस्थामा रहेकोले पनि आफूले नेतृत्व हस्तान्तरण गर्ने प्रश्न नआउने बताउँदै उहाँले भन्नुभयो ‘नेतृत्व स्टालिन शैलीको भयो भन्ने कुरा होइन, यो कम्युनिष्ट आन्दोलन भएकोले अझ धेरै काम गर्न बाँकी छ ।’
प्रचण्डले सरकार बनाउने जिम्मेवारी कांग्रेसको भएकोले यस विषयमा उनै बढी गम्भीर हुनुपर्ने बताउनुभयो । यस विषयमा कांग्रेससँग पनि छलफल भइरहेको अध्यक्ष प्रचण्डको भनाई छ ।  

Like Our Facebook Page.
,

0 comments

Comment below Your Responses

हार्दिक अपील

You can find here everything you want.

Poll

What's Trending in Videoism

Powered by Blogger.