अरबमा अधिकांश विदेशी घरेलु महिला कामदारले दुव्र्यवहार सहनुपर्ने ह्युमन राइट्स वाचको खुलासा

मनिला, कार्तिक ७ – गरिब मुलुकबाट संयुक्त अरब इमिरेट्समा घरेलु कामदारका रूपमा काम गर्ने महिलाले शारीरिक, यौनजन्य तथा भावनात्मक दुव्र्यवहार सहनुपर्ने र उनीहरूलाई प्रणालीगत रूपमा सुरक्षा अस्वीकार गरिने जानकारी मानवअधिकारवादी अन्तर्राष्ट्रिय संस्था ह्युमन राइट्स वाचले दिएको छ ।
यस संस्थाले यस मुलुकलाई उनीहरूको प्रतिबन्धात्मक प्रवेशाज्ञा प्रणालीमा सुधार गर्न तथा दुव्र्यवहार रोक्न घरेलु महिला कामदारका लागि श्रम कानुन पारित गर्न आग्रह गरेको छ ।
ह्युमन राइट्स वाचसँगको एक भिडियो अन्तर्वार्तामा फिलिपिनी महिला मारेली ब्रुवाले आफ्ना पूर्व रोजगारदाताले आफूलाई पहिलेनै खरिद गरिएको र गुनासो गर्ने आफ्नो अधिकार नभएको बताएको जानकारी दिइन् । उनले आफूलाई प्रति महिना १००० दिराम दिने सम्झौता गरिए पनि ८०० दिराम मात्र दिइएको बताइन् । यो रकम फिलिपिन्समा न्युनतम बेतन बराबर हुनआउँछ ।
saudi-maid-woundsब्रुआ जस्तै ९९ घरेलु कामदारले ह्युमन राइट्स वाचसँगको मल्टिमेडिया अन्तर्वार्तामा गुनासो गरेका छन् । यो प्रतिवेदन मनिलामा सार्वजनिक भएको हो । संयुक्त अरब इमिरेट्समा फिलिपिन्स, इन्डोनेसिया, भारत, बङ्गलादेश, श्रीलङ्का, नेपाल तथा इथियोपियाबाट एक लाख ४६ हजार महिला घरेलु कामदारका रुपमा काम गर्छन् ।
यस मानवअधिकारवादी संस्थाले संयुक्त अरब इमिरेट्सले यी महिला कामदारलाई कुनै पनि दण्ड नभोगिकन आफ्नो रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्थायुक्त प्रवेशाज्ञा प्रणाली बनाउनुपर्ने माग गरेको छ ।
वर्तमान प्रणालीमा कुनै घरेलु महिला कामदारले आफ्नो नोकरी परिवर्तन गर्न चाहेमा निजलाई भविष्यमा नोकरीका लागि प्रतिबन्ध लगाउने व्यवस्था छ । यहाँ रोजगारदातालाई यी महिलाका लागि प्रायोजन गर्ने व्यक्तिको रूपमा लिइन्छ र उनीहरूले महिलामाथि दुव्र्यवहार गर्ने गरेको बताइन्छ ।
ह्युमन राइट्स वाचले श्रम कानुन पारित गर्नका साथै यी महिला कामदारका लागि कार्य अवधि स्पष्ट हुनुपर्ने, उनीहरूलाई प्रतिसाता एक दिन बिदा दिनुपर्ने र २४ घण्टाको अवधिमा ८ घण्टा आराम गर्न दिनुपर्ने व्यवस्था हुनुपर्ने माग गरेको छ । संयुक्त अरब इमिरेट्सको श्रम कानुनअन्तर्गत घरेलु महिला कामदार नआउने तथा प्रवेशाज्ञामा गरिएको सुधारमा पनि उनीहरू नसमेटिने वाचले जानकारी दिएको छ ।
यस संस्थाले संयुक्त अरब इमिरेट्समा कामदार पठाउने मुलुकलाई यस मुलुकमा आफ्नो दूताबासको कर्मचारीलाई बलियो बनाउन, आफ्ना नागरिकलाई उनीहरूको अधिकारका विषयमा जानकारी दिन तथा यस मुलुकका सरकारसँग दुव्र्यवहारका विषयमा समन्वयात्मक रूपमा काम गर्न आग्रह गरेको छ ।
एचआरडब्लुको प्रतिवेदनमा समावेश फिलिपिन्सका अर्का महिला जिनी अल्फिलरले आफूलाई रोजगारदाताकी आमाले उनको भनेको नमान्दा हातमा इस्तिरीले डामिदिएको बताइन् ।
संयुक्त अरब इमिरेट्सका अधिकारी यी दाबीका विषयमा प्रतिक्रिया दिएका छैनन् । रासस÷एएफपी


Like Our Facebook Page.
,

0 comments

Comment below Your Responses

हार्दिक अपील

You can find here everything you want.

Poll

What's Trending in Videoism

Powered by Blogger.