मरेपछि पनि अरबौं कमाउँछन् यी सेलेब्रिटीहरु

साढे १३ अर्ब कमाउँदै माइकल ज्याक्सन पहिलो स्थानमा

Michael_Jackson_1920x1200_028-001(एजेन्सी) पपका राजा भनेर चिनिने माइकल ज्याक्सन मरेको पाँच वर्ष भइसक्यो तर पनि उनी अहिले पनि अर्बौं रुपैयाँ कमाउने गरेको चर्चित पत्रिका फोब्र्सले जारी गरेको रिपोर्टले देखाएको छ । उक्त पत्रिकाका अनुसार सन् २०१४ मा माइकल ज्याक्सन १४० मिलियन डलर (लगभग साढे १३ अर्ब नेपाली रुपैयाँ) कमाउँदै शीर्ष स्थानमा रहन सफल भए ।

सन् २०१३ मा सर्वाधिक आम्दानी गरेका एल्भिस प्रिस्लेलाई लगभग दोब्बर कमाईले पछि पार्दै माइकलले यस वर्ष शीर्ष स्थान हासिल गर्न सफल भएका हुन् । उनको मृत्यु पछि रिलिज गरिएको एल्बक एस्केपले गर्दा उनको आम्दानीमा यत्रो वृद्धि भएको हो ।

दोस्रो स्थानमा रहेका एल्भिसले ५० मिलियन डलर आम्दानी गरे ।

तेस्रो स्थानमा ४० मिलियन डलरको कमाई सहित कमिडियन चाल्र्स सल्ज रहन सफल रहे ।

चौंथो र पाँचौं स्थानमा २५ मिलियन र २० मिलियन डलर कमाई सहित एलिजावेथ टेलर र बब मार्ली रहे । टेलरको सन् २०११ मा मृत्यु भएको थियो भने मार्ली ३६ वर्षको उमेरमा सन् १९८१मा संसारबाट बिदा भएका थिए ।

बिटलका गायक जन लेनन जम्मा १२ मिलियन डलर कमाउँदै सातौं स्थानमा रहन सफल भए ।


फोब्र्सको सूचीमा सामेल गरिएका १३ सेलिब्रेटीहरुले गत वर्ष ३६३.५ मिलियन डलर कमाएका थिए ।

Like Our Facebook Page.
,

0 comments

Comment below Your Responses

हार्दिक अपील

You can find here everything you want.

Poll

What's Trending in Videoism

Powered by Blogger.