अमेरिकाविरुद्ध नेपाल १० रनले विजयी

काठमाडौं, कार्तिक ११ । मलेसियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन ‘थ्री’ प्रतियोगितामा नेपाल र अमेरिकाबीचको खेलमा नेपाल विजयी भएको छ । नेपालले ब्याटिङ गरिरहेको बेला वर्षाले खेल रोकिँदा ‘डकवर्थ लुइस’ नियमको आधारमा नेपाल १० रनले विजयी घोषित भएको हो ।

योसँगै प्रतियोगितामा नेपालले तेस्रोजित दर्ता गरेको छ । पहिलो खेलमा युगान्डासँग पराजित नेपाल त्यसपछिका सबै खेलमा विजयी भएको हो ।

यसअघि आज अमेरिकाले नेपालसामु २२४ रनको चुनौती दिएकोमा जवाफी ब्याटिङमा उत्रिएको नेपालले २२ ओभरमा एक विकेटको क्षतिमा ७३ रन बनाएको थियो । यसपछि खेल वर्षाले अवरुद्ध हुन पुग्यो ।

नेपालले प्रतियोगिताको अन्तिम खेलमा भोलि मलेसियाको सामना गर्नेछ ।
६ टोली सहभागी डिभिजन ‘थ्री’बाट शीर्ष दुई टोली डिभिजन ‘टु’मा पुग्दा पुछारका दुई टोली डिभिजन ‘फोर’मा झर्नेछन् ।
- See more at: http://imagekhabar.com/samachar/detail/42538/31/.shtml#sthash.JfGG1eB0.6YBy83qi.dpuf

Like Our Facebook Page.
, ,

0 comments

Comment below Your Responses

हार्दिक अपील

You can find here everything you want.

Poll

What's Trending in Videoism

Powered by Blogger.