दशरथ रंगशाला बन्यो निजी अस्पतालको पार्किङ सेन्टर

बाहिरै रोकिए खेलाडी र प्रशिक्षकका सवारीसाधन
???????????????????????????????राजधानीको केन्द्र मानीने दशरथ रंगशाला परिसरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को पार्किङ एरियामा ब्लु क्रस हस्पिटलको हालिमुहाली चलेको छ ।
हेर्दा निकै भव्य लाग्ने ब्लुक्रस हस्पिटलले आफ्ना कर्मचारीको सवारीसाधन नेपाली खेलकुदको महत्वपुर्ण निकाय राष्ट्रिय खेलकुद परिषदमा पार्किङ गर्न थालेपछि प्रशिक्षक र खेलाडी भने मर्कामा परेका छन् ।

???????????????????????????????
युवराज लामा सदस्य–सचिवमा नियुक्त भएपछि परिषद्को बोर्ड बैठकले परिषद् भित्र बाहिरी निकायका कुनै पनि सवारीसाधान पार्कीङ गर्न नदिने निर्णय गरेको थियो । तर निर्णय विपरित अचानक ब्लुक्रस खेलकदु–परिषद् भित्र छिरेपछि परिषद्का बोर्ड सदस्यहरु समेत छक्क परेका छन् ।

दैनिक सयौंको संख्यामा डाक्टर, नर्स लगायतका कर्मचारी र विरामीका आफन्तहरुले खेलकुद परिषद्मा पार्किङ गर्न थालेपछि खेलाडी र प्रशिक्षकहरु भने आफ्ना सवारीसाधन परिषद्को गेट बाहीरै अड्याउन बाध्य भएका छन् ।

खेलकुद परिषद्का अध्यक्ष युवा तथा खेलकुद मन्त्री पूरुषोत्तम पौडेललाई समेत गुमराहमा राखेर ब्लुक्रसस“ग सहमति भएको खुलेको छ ।
परिषद् स्रोत भन्छन्, सदस्य सचिव युवराज लामाले यस्तो सम्झौता गरेका हुन् । हस्पिटलको पार्किङ बारे जिज्ञासा राख्दा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले भने ‘मलाई केही थाहा छैन, वुझेर खबर गरौंला ।’
एक निजी संस्थाले सरकारी सम्पतीको दुरुपयोग गर्नु कतिसम्म जायज होला ? त्यसमाथि राष्ट्रका सम्पती मानिने खेलाडी र प्रशिक्षकलाई सताएर π यसबारे जिज्ञासा राख्दा राष्ट्रिय खेलकुद परिषद्का वोर्ड सदस्य रेशम लामाले भने ‘त्यसरी पार्किङ गर्न मिल्दैन ।’ उनले थपे यो बोर्ड बैठकको म्यान्डेड विपरीत हो ।’

Like Our Facebook Page.
, , ,

0 comments

Comment below Your Responses

हार्दिक अपील

You can find here everything you want.

Poll

What's Trending in Videoism

Powered by Blogger.